साहित्य आज

गजल

गजल

टुटेका छन मनका रहर भैगो हाँस्दिन म।। पानी मागे दिन्छन जहर भैगो हाँस्दिन म।। जिउदै छाति माथि मोटर कुदायर हिड्ने,, कस्तो रैछ पापी सहर भैगौ हाँस्दिन म।। कुदे पनि रफतार सरि गन्तव्य नि छुट्यो बरै,, सधै मौन देख्छु प्रहर भैगो हाँस्दिन म।। तिर्खायर आत्तियर उजाड त्यो बगरमा,, खोज्दै छुम पानीको नहर भैगो हाँस्दिन म।। दुनियाँले जति सुकै झुटा आस छरेपनि,, को देख्ला र भित्री कहर भैगो हाँस्दिन म।। हाल चितवन

विशेष