अर्थ

सुन-चाँदीको मूल्य सामान्य

सुन-चाँदीको मूल्य सामान्य
असार २२ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मूल्य अाज बुधबार सामान्य रुपले बढेको छ । Goldअघिल्लो दिन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनमा पनि प्रतितोला सय रुपैयाँले बृद्धि भई ५८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिललो दिन प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर ९ सय ५ रुपैयाँमा कारोबार भएको छ । अनतराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १३ सय ६८ दशमलब चार–चार डलर तथा चाँदीको मुल्य २० दशमलब तीन दुई डलर कायम भएको छ ।

gold price

विशेष