अपराध सुरक्षा मनोरञ्जन

ब्वायफ्रेण्डलाई भन्दै नभन्नुस् यी कुराहरु

ब्वायफ्रेण्डलाई भन्दै नभन्नुस् यी कुराहरु

प्रेमको सुरुवाती अवस्थामा कुनैपनि प्रेमिकाले आफ्नो प्रेमीसँग मन खोलेर सप्पै चिज भन्न चाहन्छन् । केही कुरा पनि नलुकाईकन ब्वायफ्रेण्डको मन जित्ने धुनमा उनीहरुले आफु नै नांगिएको पत्तो पाउँदैनन् । मनभित्र गुम्सिएका सबै कुराहरु, भावना तथा इमोसनहरु ब्वायफ्रेण्डसँग तुरुन्तै शेयर गर्दछन् । तर कहिलेकाहीँ यो इमान्दारी तथा सक्रियता उनीहरुका लागि निकै भारी पर्दछ । र, यसले तपाइँको ब्वायफ्रेण्डसँगको सम्बन्धलाई मजबुत पार्नुको साटो झनै टाढा पूराइदिन्छ । त्यसैले महिला मित्रहरु यदि तपाइँ कुनै केटासँग प्रेमको सुरुवाती अवस्थामा हुनुहुन्छ भने यी चार कुरा ऊसँग गर्दैनगर्नुस ।

तपाइँका साथीहरु मलाई मन पर्दैन,

तपाइँलाई उसले मन पराउँछ । तर तपाइँका लागि आफ्ना साथीहरु गुमाउन चाहँदैन । उसको आनीबानीलाई देखेर तपाइँमा रिस उठ्नसक्छ तर आफ्नो सम्बन्धको भलाइका लागि चुप रहनु बेस हुन्छ ।

तपाइँ मेरो पूर्वप्रेमी जस्तै देखिनुहुन्छ

कुनैपनि केटालाई आफ्नो गर्लफ्रेण्डले आफुलाई उसको भुपु प्रेमीसँग दाँजेको मन पर्दैन । यदि तपाइँले यस्तो कुरा आफ्नो नयाँ प्रेमीसँग गर्नुभयो भने उसमा तपाइँप्रतिको विश्वास घट्नेछ र टाढा हुन थाल्नेछ ।

हामीले बच्चाको नाम के राख्ने

मानौँ की तपाइँ ब्वाय फ्रेण्डप्रति नतमस्तक हुनुहुन्छ तरपनि विवाह र बच्चा पाउने कुरा यति छिटै नगर्नुस् । केटाहरु विवाहको कुरामा प्रायः डराउँछन् । तपाइँको बच्चासम्मको सोधाइले उसमा बढि दबाब महसुस हुन्छ र तपाइँसँग टाढिन खोज्दछ ।

तपाइँको भन्दा तपाइँका साथीले लगाएका कपडा कति राम्रा विचार गर्नुस् की तपाइँले जति प्रसंसा तथा तारिफ गर्नुछ आफ्नै ब्वायफ्रेण्डको गर्नुस् । जति नै नराम्रो किन नहोस् ऊलाई अरुभन्दा तल नपार्नुस् । यदि तपाइँले आफ्नो ब्वाय फ्रेण्डलाई तिमीले लगाएको कति नसुहाएको, तिम्रो साथीहरुले कति राम्रोसँग लगाउँछन, भन्ने जस्ता कुरा लगातार सुनाउनुभयो भने उसले दिक्क मान्नेछ । दिक्क मात्र होइन, तपाइँले प्रसंसा गरेको उसको साथी र तपाइँबीचमा समेत शंका गर्न सुरु गर्नेछ ।

New boy Friend

विशेष