अर्थ शेयर

नेप्से परिसूचक ३.४८ अंकले घट्याे

नेप्से परिसूचक ३.४८ अंकले घट्याे
असार - २५ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलब चार आठ अंकले घटेर अन्तिम दिन १७ सय १५ दशमलब सात दुई विन्दुमा झरेको छ । loss यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २४ हजार ४ सय ३३ कारोबारबाट ६ अर्ब १ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरका ९९ लाख ६० हजार चार सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकममा गत साताको तुलनामा २८ दशमलब एक छ प्रतिशत कम हो । गत साता १ सय ५० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३२ हजार ८ सय ३९ कारोबारबाट ८ अर्ब ३८ करोड ९ लाख ३७ हजार रुपैया“ बराबरका २ करोड २८ लाख ३६ हजार दुई सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलब शुन्य पा“च अंकले घटेर ३ सय ७० दशमलब शुन्य एक अंकमा झरेको छ । यससाता शेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, वित्त, होटेल तथा उत्पादनमुलक समूहका परिसूचक सकारात्मक रहेका छन् । विकास बैंक, जलविद्युत तथा बीमा समूहका परिसूचक भने नकारात्मक रहेका छन् । व्यापार समूहको परिसूचक स्थिर रहेको छ ।

share bajar

विशेष