पर्यटन

के तपाईंलाई थाहा छ गुल्मीको विशेषता ?

के तपाईंलाई थाहा छ गुल्मीको विशेषता ?
नेपालमा पोखरा, चितवन, रारा जस्ता ठाउँ त धेरैले थाहा पाइरहेको ठाउँ हो । के तपाईलाई थाहा छ गुल्मीको विशेषता ? गुल्मी जस्ता धरै ठाउँहरु छन् जहाँ अहिलेसम्म पर्यटकहरु पुग्न सकेका छैनन् । Ruru नेपालको लुम्बिनीको उत्तरी भूभागमा रहेको गुल्मीले नेपालको थुप्रै एतिहासिक महत्व बोकेको छ । गुल्मी नेपालको पहाडी भू भागमा पर्दछ । गुल्मीको नाम संस्कृत शब्द गुल्माबाट साभार गरिएको हो । जसको अर्थ हो सैनिक शासन । जुन नेपालको इतिहासको लिच्छवि र मल्लकालमा निकै महत्वपूर्ण थियो । त्यो समयमा त्यहाँ सैनिकहरु बस्ने गर्दथे । करिब २३४७ उचाइमा रहेको रेसुङ्गा गल्मीको सबभन्दा उत्कुष्ट ठाउँ मानिन्छ । यदि ट्रेकिङको लागि जानुपरेमा त्यहाँ जान सकिन्छ । तामघास सदरमुकामबाट करिब ३–४ घण्टा हिँडेपछि रेसुङगा पुगिन्छ । त्यहाँ पुगेपछि धौलागिरीको उज्जवल सौन्दर्यका साथै तराइका समथर भूभागहरु पनि देख्न पाइन्छ । धार्मिक मान्यता बोकेको यज्ञशालालाई पुरातात्विक मठ मन्दिर, तलाउ र भिउ टावरले झनै सुन्दर तुल्याएको छ । हरियासनी एकादशी, साउने औँसी र हरिबोदनी एकादशी जस्ता दिनरुमा रेसुङगामा मानिसहरुको ओइरो लाग्ने गर्दछ । Gulmi   गुल्मिमा रहेको अर्को धार्मिक स्थल रिदि (रुरु क्षेत्र) पनि त्यहाँको उत्कृष्ट नमुना हो । रिदि खोला काली गण्डकी हुँदै आउँने गर्दछ । त्यहाँ रहेका थुप्रै मन्दिरहरु जस्तै ऋषिकेश मन्दिर पाल्पाका राजा मुकुन्द शेनले बनाएका हुन् भनेर अनुमान गरिन्छ । त्यस मन्दिरमा मकर सङक्रन्तिका दिन थुप्रै भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । गुल्मीको कफि निकै नै प्रचलित मानिन्छ । त्यहाँ आएका यात्रुहरु कफि खान भने छुटाउँदैनन् । गुल्मीले कफि बाहेक अरु पनि धेरै कुरा दिन सक्ने सम्भावना रहेको छ । हिमाली शृङखला देखिने मूल विशेषता नै पर्यटनको आकर्षणको शूत्र हो ।

Gulmi Nepal Prayatan NTB

विशेष