यौन-शिक्षा

यौन पावर बढाउन भियाग्रा खाइरहनु पर्दैन, धेरै छन् घरेलु उपाय

यौन पावर बढाउन भियाग्रा खाइरहनु पर्दैन, धेरै छन् घरेलु उपाय

यौन प्राणीको प्राकृतिक आवश्यकता हो । यसको चाहना सबैलाई हुन्छ । तर चाहना हुँदाहुँदै कतिपय पुरुषहरूमा यौन क्षमतामा कमी हुन्छ । जसको कारणले भियाग्रा जस्ता औषधीको प्रयोग गर्नुपर्ने स्थिति पनि देखिन्छ । तर त्यसले पछि गएर नकारात्मक असर पार्ने डाक्टरहरु बताउँछन् ।

 यौन दुर्बलता भएकाहरुले भियाग्रा खाइरहनु पर्दैन । यौन क्षमता बढाउने घरेलु औषधीहरु प्रसस्तै रहेका छन ।

गाजर

प्राय सम्पूर्ण मानिसहरूले गाजरको प्रयोग गरि नै रहेका हुन्छन् । तर पनि यसको विशेषता बारे धेरैलाई थाहा नहुन पनि सक्छ । गाजरमा हुने भिटामिन ‘ए’ ले धेरै नै शक्ति प्रदान गर्दछ । गाजरले पुरुषहरूमा यौन क्षमतामा पनि त्यही अनुपातमा वृद्धि गराउँछ । भिटामिन र सेक्समा निकै नै गहिरो सम्बन्ध रहेको हुन्छ । भिटामिनले पुरुषको शुक्राणु निर्माणमा तथा कामशक्ति बढाउन विशेष सहयोग पुर्याउंछ । विशेष गरी गाजरमा रहेको भिटामिनले यो कार्य गर्दछ ।

लसुन

लसुनमा हुने पौष्टिक तत्वले रगत सर्कुलेसनमा मद्दत पुर्याउँछ । यसले रगतलाई अझै तिव्र बनाउने हुनाले सेक्स पावरमा पनि वृद्धि गर्दछ ।

भिंडी

भिटामिन सि ले भरिपूर्ण भिंडीको नियमित सेवनले तपाईको सेक्स पावरमा एकदमै महत्वपूर्ण भूमिका खेल्दछ । जिङ्कको कमिले हुने यौन उत्तेजनमा कमिलाई यसको सेवनले परिपूर्ति गर्दछ । भिंडीको सेवनले थकान कमजोरी आदि समस्याको समाधान हुन्छ ।

प्याज

लसुन जस्तै प्याजमा पनि पौष्टिक तत्व हुने हुनाले लसुनले जस्तै गरी यसले पनि सेक्स पावर बढाउन मद्दत पुर्याउंछ ।

गोलभेडा

गोलभेडामा हुने लियोपिनले पुरुषको कामशक्ति बढाउनुको साथै यौन उत्तेजनामा हुने समस्याको समाधान गर्दछ । साथै पुरुषमा हुने प्रोस्टेन क्यान्सर पनि गोलभेडाको नियमित सेवनले निको पार्दछ ।

Sex Power sex problem

विशेष