अर्थ कर्पोरेट

नेप्से घटे पनि तीन बैङको कारोबार बढ्यो

नेप्से घटे पनि तीन बैङको कारोबार बढ्यो
bank_albom_260915 असार – २७ । नेपाल स्टक एक्सचेञ्जमा तीन बैंकको सेयर कारोवार सोमवारबाट सुरु भएको छ । बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंकसँगको मर्ज प्रक्रियाका कारण सिद्धार्थ बैंक, जनता र माछापुच्छ्रे बैंकको सेयर कारोवार स्टक एक्सचेञ्जमा रोकिएको थियो । सिद्धार्थमा बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक मर्ज भएपछि कारोवार सुरु भएको हो । त्यस्तै जनता र माछापुच्छ्रे बैंकवीचको मर्ज प्रक्रिया टुटेपछि दुई बैंकको सेयर कारोवार खुला भएको हो । कारोवार खुलेपछि सोमवार तीनै बैंकको सेयर मूल्यमा उछाल आएको छ । सिद्धार्थ बैंकको सेयर मूल्य ५९ रुपैयाँ, माछापुच्छ्रेको ४६ रुपैयाँ तथा जनता बैंकको ३७ रुपैयाँले मूल्य बढेको छ । नेप्से बजारको मूल सूचक तल झरे पनि तीन बैंकको सेयर मूल्य भने उकालो लागेको हो । सिद्धार्थ बैंकको सेयर मूल्य ६५४ रुपैयाँ, माछापुच्छ्रे बैंकको ५१२ र जनता बैंकको सेयर ४१२ रुपैयाँ पुगेको छ । बिजनेश युनिभर्सल बैंकको सय कित्ता सेयर हुने सेयरधनीले सिद्धार्थ बैंकको ५५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

Janata Bank Machapuchre Siddhartha

विशेष