अर्थ शेयर

नेप्से २० अङ्कले ओरालो

नेप्से २० अङ्कले ओरालो

असार - २७ । सेयर बजार एक महिनायताकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ ।

loss

सेयर बजारको मापक निकाय नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचकमा २० अङ्कले कमी आएको हो । करिब एक हजार ७४० अङ्कको हाराहारीमा पुगेको बजार एक हजार ७०० को हाराहारीमा कायम रहेको छ । कुल एक हजार ७२२ अङ्कमा रहेको नेप्से २० अङ्कले घटेर एक हजार ७०२ बिन्दुमा कायम छ ।

बैंक समूह ७.४२, विकास बैंक २७.७७ र फाइनान्स समूहमा ६.३८ अङ्कले कमी आएको छ । बिमा समूह २.३९, होटल समूह ४९.४१, जलविद्युत् समूह ३२.४१ अङ्क र अन्य समूह ३८.७६ अङ्कले तल झरेको छ । तर उत्पादन समूह भने २८.४३ अङ्कले बढेको छ । बोटलर्स लिमिटेडको सेयर मूल्य अस्वाभाविक रुपमा बढेपछि सो समूहको सेयर मूल्य बढेको हो ।

कुल १४५ कम्पनीको कारोबार भएको बजारमा रु ९१ करोड ४२ लाख ४८ हजार ३६२ मूल्यको सेयर खरिद बिक्री भएको थियो । कुल १८ लाख १४ हजार ७२० कित्ता सेयर बिक्री भएको स्टकले जनाएको छ । रासस

nepse share bajar

विशेष