साहित्य आज

मेरो रगतले धर्ती रङ्गियको त्यो दिन

मेरो रगतले धर्ती रङ्गियको त्यो दिन
dipesh दिपेश थापा मगर सायद बर्खायाम भयर होला धर्ती हिलाम्मे थियो । आकाशमा बादल दमक्क थियो । दिनभरको घना जंगली एरियाको बसाइ सकेर गोधुली साँझको शुरुवातसङगै हज्जारौं यौद्धा जंगली एरियालाई विदाए गर्दै खुल्ला आकाशतिर लम्किए । यात्रा कै क्रममा पूर्व–पश्चिम राजमार्ग पार गर्दै बर्खाको त्यो उर्लिदै आएको वबई नदीलाई पार गर्दै बिहानीको मिरमिरे उषासंगै एउटा बस्ती भित्र छिरे । रातभरको थकान त्यही बस्तीका जनसमुदायसंग साटसाट गर्दै बित्यो । केही कमरेडहरु स्टेचर बनाउदै थिय त केही कमरेडहरु खानपिनको तयारी गर्दै थियो । खै त्यति नै बेला मेरो दिमागमा के खेल्यो मेरो सह–कमान्डर क. जीवनलाई हेर्दै त्यो स्टेचर चाहिँ मलाइ है भनेछु । त्यतिकैमा क. जीवनले के भन्नु‘भाको सर भन्दा पो झसंग झस्किए र फेरि पनि हासोमजा जस्तै गरेर त्यही भने । एकछिन सबै जना साथीहरूसँग एकले त्यो मेरो स्टेचर अर्को ले त्यो मेरो स्टेचर भन्दै मजाक गरियौँ । त्यतिकैमा प्लाटुन कमान्डर क. बिनोद चौधरी आयर लौ कमरेडहरु अव छिटो–छिटो खाना खायर मुभ हुने भन्दै जानकारी गराउनु भयो । हामी हतार–हतार खाना खाएर त्यहाका जनतासँग बिदाइका हात हल्लाउँदै बिदा भयौँ । यात्रा कै क्रममा बिनोद दाइले मलाई एउटा जिम्मा दिनु भयो । हाम्रो प्लाटुनको सहायक कमान्ड तिम्रो है । भाइ विश्वास कमरेड बिरामी भयर आउनु भयको छैन भन्नु भयो । एकातिर जिम्मेवारी बढेकोमा गर्वका हुन्थ्यो भने अर्को तिर एक ऐतिहासिक घडीमा प्रवेश गर्दै थियौ । त्यसैले पनि छाती आफैमा फुलिरहेको थियो । जब गोधुली साजले पनि स्वागत गर्दैगर्दा हिंडदाहिंडर्दै हामी करिब कतिब mभभत एयष्लत को नजिक पुगिसकेको रहेछौ । सबैजना आ–आफ्नो अर्काेबाट अगाडि बढने आदेश नआउदै दुस्मनको फायर सुरु भयो । त्यही फायरसँगै हाम्रा कमान्डरको आदेश पनि आयो । आदेश र गोलीको आवाज कानमा गुन्जिदै थिए । छिचिमरा झै गोलीको परराहरु को कुनै प्रवाह नगरी मैले पनि आफ्नो गुरुपलाई अगाडि बढाउदै आफू पनि फाइरिङ कभरका साथमा बढदै थिएँ । जवजव साँझ पर्दै जान्छ तबतब लडाइँ पनि भीषण हुँदै जान्थ्यो । करिब–करिब ६ घन्टाको भीषण लडाइँलाई टुंगोमा पुर्याउन अब दम्कल प्रयोग गर्ने कमान्डरबाट कासन आयो । त्य ही कासन सङ्गै सबै जना कमरेड हरु ब्याक भैसकेका रहेछन एता उति हेरे कोइ देखेन त्यतिखेर म सङ्ग दुइटा हतियार थियो एउटा बम हान्न लाक डिसचार्ज राइफल थियो भने एउटा ठ.थ्रिनट राइफल र एसएलअार. थियो सबैजना ब्याक भैसके पछि मेरो पछाडी अलि पर कमिसार कमरेड प्रेम सेट मा बोलिरहेको आवाज सुने ए कमिसार कमरेड त्यही हुनु हुनेरहेछ अब एक दुइटा बम हानेर ब्याक हुनुपर्यो भन्ने सोच बनाउदै कमिसार कमरेड प्रेम लाई सर त्याहा भित्र बाट हानिराछ अलि सेफ हुनु है भन्दै सुजाब दिय खै उहाले सुन्नु भयो या भयन । त्यसपछी म बम हान्न लाई त्यार हुँदै थिय त्यत्तिकैमा पछाडी बाट कसैले थुलै दाउराले टाउको मा हाने जस्तो भयो पछाडी हेरे कोइ देखेन त्यतिखेर मेरो हातको राइफल पनि भुइमा झरिसकेको रहेछ फेरि राइफल टिप्न खोजे राइफल को फरसाइट बढी कभर पनि मेरो टाउको बाट गयको गोलिले फुटेको रहेछ हातमा तातो फलाम को ब्यारेल मात्रै लाग्यो त्यत्तिकै मा टाउको बाट रगत को भल बगेर मेरो गर्दन हुँदै ओर्लिन थाल्यो छामेको त रगत बगिरहेको रहेछ त्यसपछी कमरेड हरु म घाइते भय हतियार ल्याउन आउनु भने तर कोहि पनि देखा पर्नु भयन प्रेम सर पनि त्यत्तिकैमा घाइते भयर बाहिरी सक्नु भयको रहेछ अब के गर्ने केही मेरो पायन । अनि कराउन थाले साथीहरू लाई गाली गर्न थाले त्यत्तिकैमा अलि पारी बाट कमान्डर क. सेवक दाइले सङ्कलन त्या तिम्रो पछाडी दुस्मन को टनेल को मुख छ हल्ला न गरेर बाहिर आइज भन्नू भयो न भन्दै नजिकै हेरे एउटा प्वाल बाट गोलिका झिल्का हरु बर्सिरहेको देखे त्यत्तिकैमा दुइटा हतियार दुई तिर झुन्डाउदै घर्सिदै बाहिरिय त्यतिखेर सम्म मेरो टाउको बाट धेरै बगिसकेको थियो अलि बाहिर गैसकेपछी मेरो सायाक कमान्डर कमरेड जीवन भाइ लाई भेटेर हतियार उनको जिम्मा लगाउदै म हस्पिटल को खोजिमा भौतारिदै बाहिरिय तर कतै न नभेटेपछि फेरि भित्र गयको सम्म थाहा भयो त्यसपछी सायद रगत धेरै नै बगेको भयर होला म बेहोस भयछु त्यसपछी कमरेड हरुले मलाइ त्यही स्टेचरमा राखेर हस्पिटल पुर्याउनु भयछ होसमा आउदा हातमा सलायन पानी राखियको थियो भने टाउकोमा पुरै मेरो गाउको धामी बाजेको भन्दा पनि ठुलो पगरी बाधियको थियो ! अनि सम्जिय दिनमा मजा गरेको साचो पो भयछ हेरेको स्टेचर पनि त्यही थियो मात्रै साथीहरू फरक थिय अनि मन मनै भने आज मैले पनि मेरो रगत ले यो धर्ती रङ्गाउन पाय गर्व लाग्यो मन मनै भने ए मेरो देश मेरो रगत ले तिमिलाइ सिन्चियको छु आज म जस्ता हज्जारौं सिपाही ले तिमी लाई रक्ताम्य बनायका छ भन्दै मन मनै चिच्याय र एकछिन पछि मलाइ बाहिर ल्याइयो र बोक्ने प्रयास गर्दै थिय साथीहरू ले तर मैले मानिन म हिंड्न् सक्छु भन्दै अगाडी बढे निरन्तर निरन्तर निरन्तर फेरि अर्को मोर्चा को लागी !!!

विशेष