अर्थ शेयर

नेप्से परिसुचक २ अंकले झर्याे

नेप्से परिसुचक २ अंकले झर्याे

असार - २९ । नेप्से परिसुचक बुधबार २.६४ अंकले झरेर १ हजार ६ सय ९०.४३ कायम भएको छ। होटल, उत्पादन र अन्य बाहेक सबै समुहको परिसुचक ओर्लिएकाे हाे ।

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.२५ अंकले ओर्लदैँ ३ सय ६३.७३ अंक कायम भएको छ। तारागाउँ रिजेन्सी होटल, जनता बैंक र सिखर इन्सुरेन्स कम्पनी कारोबारका आधारमा अग्रस्थानमा छन्। मिथिला लघुवित्त बिकास बैंक, बोट्लर्स नेपाल र एनआइडिसी क्यापिटल मार्केट्सका काराेबार राम्राे देखिएकाे छ । भने पोखरा फाइनान्स, माउन्ट मकालु डेभलपमेन्ट बैंक र बिजय लघुवित्त वित्तीय संस्थाका काराेबारमा गिरावट अाएकाे छ । बुधबार सेयरबजारमा १ सय ४३ कम्पनीको १९ लाख ६६ हजार ७ सय ४ कित्ता सेयर ४ हजार ४ सय ४६ पटक किनबेच हुँदा १ अर्ब ९ करोड ७० लाख ९१ हजार ६ सय ५९ रुपैयाँको कारोबार भएको छ।

nepse share bajar

विशेष