अर्थ बैंकिङ

राष्ट्र बैंककाे मौद्रिक नीति सार्वजनिक

राष्ट्र बैंककाे मौद्रिक नीति सार्वजनिक
असार - ३० । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३ /७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।बिहीबार एक कार्यक्रम गरी राष्ट्र बैंकका गर्भनर चिरञ्जिवि नेपालले मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । rastra-bank-1000x0 नयाँ मौद्रिक नीति मुद्रास्फिति दर ७ दशमलब ५ प्रतिशतमा कायम राख्ने र यसअघि सरकारले बजेटमार्फत घोषणा गरेको ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउने किसिमले ल्याइएको गर्भनर नेपालले बताउनुभयो । त्यस्तै मौद्रिक नीतिले वाणिज्य बैंकहरुले कृषि तथा जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने यसअघिको १२ प्रतिशतको प्रावधानलाई बढाएर १५ प्रतिशत पु¥याएको छ । तेस्तै, उत्पादनशील क्षेत्रमा भने २० प्रतिशतकै सीमा यथावत राखिएको छ । मौद्रिक नीतिले ठूला उद्योगीलाई लक्षित गर्दै सहवित्तीयकरणको कर्जा सीमामा वृद्धि गरेको छ । यता, मौद्रिक नीतिले शेयर धितोको प्रवाहमा हुने मार्जिन कर्जामा भने कडाइ गरेको छ । नयाँ मौद्रिक नीति अनुसार मार्जिन कर्जा प्रदान गर्दा १ सय ८० दिनको अन्तिम मूल्यको औषत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशत कायम रकम मात्र कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ ।

Rastr Baink

विशेष