सनराईज बैङक र नारायणी फाईनान्स मर्ज
असार – ३० । सनराइज बैंक लि.ले नारायणी नेशनल फाइनान्स लि. संग एकीकृत वित्तीय कारोवार प्रारम्भ गरेको छ । उक्त एकीकृत वित्तीय कारोवारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले होटल अन्नपूर्ण, दरबार मार्गमा गरे ।
नारायणी नेशनल फाइनान्स का १४ वटा शाखा कार्यालयहरुमा समेत छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी एकीकृत कारोबारको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।
सनराइज बैंकको चुक्ता पूँजी करिब रु. ४ अर्व पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेको रु. ८ अर्वको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने जानकारी बैङकले दिएको छ ।
एकीकरण पश्चात् बैंकको चुक्ता पूँजी रु. करिव ४ अर्व, ६७ शाखा, ६९ एटिएम, सहित निक्षेप रु. ५० अर्व, तथा कूल कर्जा रु. ४३ अर्व पुगेको बैंकले जनाएको छ ।
उक्त समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्वर अफ कमर्स तथा वैंकर्स संघका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका थिए ।
Naryani Bank
Sunrises Bank