अर्थ

सुन - चाँदीको मूल्यमा गिरावट

सुन - चाँदीको मूल्यमा गिरावट
असार - ३० । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य आज घटेको छ । Goldअघिल्लो दिन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला सय रुपैयाँले घटेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुन पनि प्रतितोला सय रुपैयाँले घटेर ५८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर ९ सय १० रुपैयाँमा कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १३ सय २५ दशमलब सात दुई डलर तथा चाँदीको मुल्य २० दशमलब एक–एक डलर कायम भएको छ ।

gold price

विशेष