अर्थ

नेप्से परिसूचक ४० अङ्कले वृद्धि

नेप्से परिसूचक ४० अङ्कले वृद्धि

Share

साउन - ३ । धितोपत्र बजारमा आज नेप्से परिसूचक ४० अङ्कले वृद्धि भई एक हजार ७८६ बिन्दुमा पुगेको छ । कुल १३७ कम्पनीको रु एक अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । दैनिक चार घन्टा कारोबार सुरु भएको आज दोस्रो दिन बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझैँ ३ बजे बन्द हुँदा कुल २८ लाख ७० हजार ४९७ कित्ता सेयर बिक्री भएको छ । विभिन्न पाँच समूहको सेयर उकालो लागेकामा अर्को तीन वटा समूहको सेयर भने ओरालो लागेको छ । बैैंकिङ समूह २.५१, होटल ०.०६, जलविद्युत् ०.५५, बिमा ७.१३ र उत्पादन समूह १.७ प्रतिशतले बढेको छ भने विकास बैंक ०.१६, फाइनान्स ०.०३ र अन्य समूहको सुयर १.२९ प्रतिशतले घटेको छ । एक घन्टा कारोबारको समय बढाइएको भए पनि बजारमा आज खासै प्रभाव नपरेको स्टकका सहायक प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार थपिएको समयको प्रभाव बजारमा विस्तारै पर्दै जाने छ । रासस

share bajar

विशेष