अपराध सुरक्षा यौन-शिक्षा समाज

यसरी हुन्छ भिडियो लिक, जोडी हौं भन्दैमा मनपरि नखिच्नुहोस्

यसरी हुन्छ भिडियो लिक, जोडी हौं भन्दैमा मनपरि नखिच्नुहोस्

दम्पत्तिका बीचमा सब चल्छ भन्दै गोप्य दृश्य छायांकन गर्ने प्रवृत्ति बढेको छ । अझ इन्टरनेटको जमानामा नेटमा हेर्दै विभिन्न आसनका क्रियाकलाप छायांकन गर्ने र बुढाबुढी रमाइलो गर्नेको संख्या दिनप्रतिदिन बढिरहको बताइन्छ ।

कारणबश अलगअलग ठाऊंमा बस्ने गरेका दम्पत्तिका बीचमा साँझको समयमा फाइबर, फेसबुक र स्काइपमा शारीरिक हाउभाउसहितको नग्न संवाद हुने गर्दछ । यस्ता दृश्य रेकर्ड गर्ने र अघिपछि हेर्नेपनि गरिन्छ । तर, यही भिडियो नै बर्बादी बनेर निम्तिन सक्छ । अहिले काठमाडौंमा एक दम्पत्ति यस्तै समस्या लिएर प्रहरीको पुगेका छन् ।

तपाईले खिचेको अति गोप्य भिडियो विभिन्न हिसावले लिक हुन सक्छ । 

१) मोबाइल, कम्पुटर हराएमाः तपाईको मोबाइल वा कम्पुटर जुनसुकै बेला हराउन सक्छ । हराएपछि जस्को फेलापनि पर्न सक्छ । त्यस्तो अबश्थामा हराएको माल भन्दा त्यहां रहेको तपाईको गोप्य भीडियोले तपाईलाई बढी क्षति पुर्याउन सक्छ । मानिलिऔं, सो भिडियो कसैले फेक आइडी बनाएर अपलोड गरिदियो ? वा तपाईसँग मोलमोलाइ गर्न थाल्यो ? वा अरु केही ? तपाई हरदम डरमा रहिरहनुहुनेछ ।

२) सुटुक्क कपि हुनसक्छः तपाईको मोबाइल वा कम्पुटर चोरी नहुन सक्छ तर अरुको हातमा कुनै न कुनै बेला पर्न सक्छ । त्यस्तो अवस्थामा भिडियो कपी गर्न सकिन्छ । अथवा अर्को मोवाइल वा कम्पुटरमा पठाउन सकिन्छ । ब्लुटुथ, फेसबुक भाइबर वा कुनै माध्यममा कहिलेकाहीं झुक्किएरपनि जान सक्छ । तपाईकै हातबाटपनि झुक्किएर अरुकोमा पुग्न सक्छ ।

३) ह्याकरले जेपनि गर्न सक्छन्ः तपाईको मोवाइल कम्पुटर लक हुन सक्छ । तर, यो लक सोझा साझाका लागि मात्रै बार हो । ह्याकरहरुले तपाईको गोप्य माल सहजै पहिलाउन सक्छन् । अमेरिकाको गोप्य डकुमेन्ट चुहाउन सक्नेले तपाईको माल के बाँकी राख्लान् ?

४) भाइरसले बर्बाद बनाउन सक्छः कम्पुटर वा मोबाइल ( वा अन्य कुनै )मा फाइरस लागेमा खतरा हुनसक्छ । भिडियो आफै अरुकोमा जानपनि सक्छ । गएको छ भन्ने तपाईलाई थाह नहुनपनि सक्छ । तर, बाहिर यसले डडेलो लगाइसकेको हुन्छ ।

५) नेटवर्किङः तपाईले प्रयोग गरेको नेटवर्किङका बीचमा भिडियो आदानप्रदान गर्ने व्यवश्था हुनसक्छ । यस्तो अवश्थामा तपाईले गोप्य ठानेपनि गोप्यता साझा भइसकेको हुन्छ ।

के गर्ने ?

दम्पत्ति वा प्रेमी प्रेमिका भनेको छायांकनका लागि होइन । सम्बन्ध हुनसक्छ तर त्यो रेकर्ड राख्ने विषय होइन । फेरी सम्बन्ध सधैं उस्तै रहन्छ भन्ने पनि छैन । कहिलेकाहीं रिस फेर्नपनि जानीजानी भिडियो लिक गराउने गरेको पाइन्छ । त्यसैले सकेसम्म त्यस्ता भिडियो नखिचौं । खिच्नै मन लागे तत्काल सदाका लागि डिलिट गरौं । तपाईले डिलिट गरे भन्ठानेको भिडियो रिसाइकल बिनमा सुरक्षित रहेको हुनसक्छ ।

यौन भिडियो लिक भएपछि धेरैलाई जीबनभर धक्का लागेको छ । नेपालकै एक नायिकाको प्रेमीसँगको सम्बन्ध लिक भएको थियो । क्षणिक रमाइलोका लागि छाँयाकन गरेको भिडियाले जीबनभर पोल्न सक्छ । होसियार बनौं ।

र, याे पनि

राजधानीमा एक दम्पतीको अश्लिल भिडियो बजारमा आएपछि

Couple Sex Couple Vedio

विशेष