अर्थ

पौने सोह्र करोड राजस्व सङ्कलन

पौने सोह्र करोड राजस्व सङ्कलन

साउन - ४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा आव २०७२/७३ मा रु १५ करोड ८२ लाख राजस्व सङ्कलन गरेको छ । 

trafficमहाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उलङ्घन, पार्किङ स्थलभन्दा बाहिर सवारी रोक्नु, ट्याक्सी मिटरमा जान नमान्नेलगायतका कारबाहीबाट उक्त रकम सङ्कलन गरेको हो ।

महाशाखाका सहप्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रु पाँचलाख ४८ हजार ४७० सवारी कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएकोे जानकारी दिए । उनले गत वर्ष रु १४ करोड ४९ लाख ९७ हजार ५८५ सङ्कलन भएको बताए ।

“ट्रफिकको सक्रियताले गत वर्षको तुलनामा यस वर्षको राजस्व सङ्कलन बढेको हो,” उनले भने । यस्तै महाशाखाले आव २०७२/७३ लेन अनुशासन उलङ्घन ४७ हजार २७८, मादक पदार्थ सेवन गरी सवारी चलाउने २९ हजार १३, ट्याक्सी ठगी तथा मिटरमा जान नमान्ने तीन हजार २२२ सवारी साधनलाई कारबाही गरेको छ । रासस

Traffic Traffic Polic

विशेष