अपराध सुरक्षा समाज

छोरीमाथि गर्न नहुने व्यवहार गरेको भन्दै चर्चित अधिकारकर्मीले दिइन डिभोर्स

छोरीमाथि गर्न नहुने व्यवहार गरेको भन्दै चर्चित अधिकारकर्मीले दिइन डिभोर्स

Renu

पतिले छोरीसँग ‘गर्न नहुने’ व्यवहार गरेको आरोपसाथ अधिकारकर्मी डा. रेणु राजभण्डकरीको पारिवारीक सम्बन्ध टुटेको जनआस्थामा खबर छ । पति डा. विनायक राजभण्डारीको रेणुका पहिलो पतितर्फकी छोरीमाथि यौनजन्य दुव्र्यवहार गरेको आरोप उनले लगाउने गरेकी छन् । अमेरीकाबाट छोरीका केटा साथीले सुनाएको भन्दै र सुनेकै कुरालाई आधार मान्दा स्थिति सम्बन्ध बिच्छेदसम्म पुगेको हो ।

पतिकै कारण ‘राजभण्डारी’ बनेको उनी यो घटनापछि माइतको थर ‘अधिकारी’मा फर्किएकी छन् । आजकल उनी छोरीको स्यहार गर्दै अमेरीका बस्छिन् । रेणुका पहिलो पति गिरी थरका हुन् । उनीसँग समबन्ध बिच्छेदसँगै बालबच्चा आफ्नो साथमा ल्याएकी थिइन् । आफ्नै बच्चासरह स्याहार्ने बाचा गरेका डा. विनायकले बुढेसकाल लाग्न थालेपछि बाचा तोडेको र बाचासँगै सम्बन्ध पनि तोडिएको रेणुले बताउने गरेकी छिन् । अध्ययनका लागि अमेरिका गएकी छोरी मानसिक रुपमा तनावयुत्त देखिएपछि त्यहाँका केटा साथीले रेणुलाई छोरीको अवस्था चिन्ताजनक रहेको सुनाए । बुबाका कारण आफु यो स्थितिमा पुगेको सुनाए पछि, रेणु झस्किएकी थिइन् ।

यो कुरा सुनाएपछि विनायक झन् मर्माहत भए । उनको आरोप स्वीकारेनन् । जसो भने पनि रेणुले सुनेकै कुरा पत्याएर निर्णय लिने स्थिति बनेपछि पतिले आत्महत्याको प्रयास गरे । तर, समयमै उद्धार गरी अस्पताल लगिएकाले विनायकको ज्यान सुरक्षित रह्यो । अहिले विनायक आफूतिरबाट जन्मिएका छोरा स्याहारेर बसेका छन् । पत्नीले लगाएको आरोप कपोलकल्पित भएको उनले साथीभाइसँग बताउने गरेका छन् ।

Charimaya-Tamang1

चरिमायाको परिवारपनि छिन्नभिन्न

बेचबिखनमा परेका चेलिबेटीको उद्धार तथा पुर्नस्थापना कार्यमा सक्रिय शति समुहकी कार्यकारी निर्देशक चरिमाया तामाङचाहिँ पतिबाट भएको यौनजन्य हिंसाबाट आजित भएर आग्गिएकी छन् । चरिमाया आफैँ पनि आफन्तबाट बेचिएर भारतमा नारकीय जीवन बिताएकी महिला हुन् । त्यहाँबाट उद्धार गरिएर नेपाल आएपछि आफूजस्ता पीडित चेलिबेटीको उद्दार र पुनस्र्थापनाको काममा उनी सक्रिय छिन्, शतिm समुहमार्फत । उनको यस्तो साहसिक कार्य देखेर सिन्धुपाल्चोककै शंकर तामाङले जीजवनभर साथ दिन कसम खाए । तर, चरिमायाको जीवनमा शंकरले चौथाई यात्रामा पनि साथ दिएनन् ।

बरु, साथ दिनुको सट्टा यहाँ लेख्न नमिल्ने ‘र...’, ‘बे...’ जस्ता शब्दहरु प्रयोग गर्दै सार्वजनिक स्थलमै कुटपिट र दुव्र्यवहार गनै थाले । यो दम्पत्यमा दुई सन्तान जन्मिएका छन् , अहिले पतिसँग अलग भएकी चरिमाया दुई सन्तानको हेरचाह आफैँ गर्दैछिन् , बच्चाहरु होस्टेलमा राखेर आफु सामाजिक काममै व्यस्त छिन् । (जनआस्थाबाट)

Nepali Woman Violance Worec

विशेष