लजालु सुफात्राले क्यामारा छल्दै संशाकलाई घर लगिन्
संशाक कोइराला ओम अस्पतालमा डिस्चार्ज हुने खबर पाएपछि ओम अस्पतालमा पत्रकार र सुभेच्छुकको भिड लाग्यो । सबैजन अस्पतालको ढोकामा झुम्मिए । थाइ अनुहारकी एक महिला चिकित्सक ढोकाको छेवैमा उभिरहेकी थिइन् । क्यामरा उनीभन्दा धेरै पर सोझिएका थिए । कारण, संशाक निस्कदै थिए । अस्पतालमा डाक्टर उभिने कुरा नौलो भएन । उभिइरहेकी सुफात्रा भाटिया हुन् र उनै सुफात्रा संशाक कोइरालकी जीबनसंगिनी हुन् भन्ने पत्तो कमैले पाए । सशांक बाहिर निस्कदा उनी हात समाउंदै निस्किनन् । हाइ प्रोफाइल श्रीमती बडो सरले ढंगले प्रस्तुत भइन । संशाक बाहिर निस्कदै गर्दा भीड ठेलमठेल भयो । उनी भीडतिर लागिन् र सुरक्षाकर्मीसँगै मिलेर भीडलाई पर हटाउने कोशिश गरिन् । उनी त्यहाँ सायदै केही बोलिन । मिडिया संशाककमा केन्द्रीत थिए । मिडियाको ठीक पछाडि सुफात्रा थिइन् ।
उनी विस्तारै संशाक चढ्ने रातो गाडीमा पुगिन् र ढोका छेवैमा पर्खिबसिन् । संशाक गाडीमा चढेपछि सुफात्रापनि अघिल्लो सिटमा बसिन् । शालिन स्वभावकी सुफात्रा मिडियामा आउन रुचाउंदिनन् । ओम अस्पतालमा सँगै कार्यरत भोला रिजालका अनुसार सुफात्रा मिडियाबाट टाढै रहन चाहन्छिन् । उनी संशाकसँग टाँसिदै बाहिर निस्कनपनि सक्थिन । त्यो उनको अधिकारपनि हो । तर, उनी मिडियालाई छल्दै मौनरुपमा श्रीमान लिएर फर्किन । ओम अस्पतालमै कार्यरत सुफात्राले सशांकका सन्दर्भमा जोखिमपूर्ण निर्णय लिएकी थिइन् । चिन्ताजनक अवश्थामा रहेका सशांकलाई जसरीपनि भारत लैजानुपर्ने कुरा उठ्यो । एअर एम्बुलेन्ससम्म पुर्याउने अवश्थापनि थिएन । सुफात्राले नेपालमै उपचार गर्दा राम्रो हुंने अडान लिइन् । उनको निर्णयका कारण सशांक घर फर्के । यदि अत्तालिएर भारत लैजान खोजेको भए जेपनि हुन सक्थ्यो ।
सुफात्राका बुबा भारतीय नागरिक हुन भने आमा थाइ । सशांक कोइरालाले भारतमा एमविविएस पढ्दा सशांकसँग भेट भएको थियो । भेट प्रेममा विकसित भयो । प्रेम विवाहमा परिणत भयो । विवाहपछि सुफात्रा प्रसुति रोगमा विशेषज्ञता हाशिल गरिन् । सशांक आँखा रोग विशेषज्ञ भए । केही बर्ष अघि सशांकले चिकित्सा पेशा छाडेर राजनीतिमा सक्रिय भए । उनको नशामै राजनीति छ । विपीपुत्र सशांक पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भए । मिडियामा छाइरहेन कोइराला परिवारकी बुहारी भएपनि सुफात्रा मिडियाका लागि अपरिचितजस्तै छिन् । मिडियामा अपरिचित भएपछि उनी आमरुपमा गुमनामजस्तै छिन् । तर, चिकित्सा क्षेत्रमा डाक्टर सुफात्राका रुपमा भिन्दै छबी बनाएकी छिन् । डाक्टर भोला रिजाल भन्छन्, उनका लागि पेशा महत्वपूर्ण छ, राजनीतिक पावर र पपुलारिटीप्रति (शक्ति र चर्चा) मोह छैन ।
[embed]https://youtu.be/sMxH9Qmvcps[/embed]
र, योपनि
► सशांक कोइराला घर फर्कदाको खुशी (भिडियोसहित)
► यि हुन् सुफात्रा जसको साहाशिक निर्णयले शशांकको जीवन जोगियो, नेपालको साख बढ्यो
lajalu sufatra
sashank koirala returned
victory over death 2