बैंकिङ

प्रभु बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि नयाँ सुविधा

प्रभु बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि नयाँ सुविधा
Prabhu Cradite Cardसाउन – ५ । प्रभु बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई दुई नयाँ सुविधा थपेको छ । यो सुविधाले प्रयोगकर्तालाई निरन्तर बैँक जानुपर्ने झन्झबाट मुक्त गर्ने छ । क्रेडिट कार्ड ‘इन्स्टापे’ र ‘रिवार्डप्वाइन्टस्’ दुई नयाँ सेवाहरु थप गरेको बैंकले जनाएको छ । ‘इन्स्टापे’ सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको कलेज तथा स्कूलको फी तिर्न, अस्पतालकोे विल तिर्न, विभिन्न इलेक्ट्रोनिक समानहरु खरिद गर्न, विल तिर्न, गरगहना खरिद गरी बिल तिर्न, मोटरसाइकल तथा स्कुटर खरिदको विल तिर्न सक्ने बैँकले जनाएको छ । उक्त रकमलाई बढीमा १८ महिनासम्मको मासिक किस्तासम्ममा बैंकलाई भुक्तानी गर्न सक्नेछन् । यो योजना अन्तर्गत उपयोग गरेको रकममा ब्याज लाग्ने छैन तर ग्राहकहरुले तोकिएको सेवा शुल्क भने तिर्नुपर्नेछ । यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले कारोवार भएको मितिले ७ दिनभित्र आफुले उपयोग गरेको रकम तिर्न चाहेको किस्ता संख्या उल्लेख गरी निवेदन दिनुपर्नेछ । उक्त निवेदनका आधारमा बैंकले मासिक किस्ता कायम गर्नेछ । अर्को योजना ‘रिवार्डप्वाइन्टस्’ अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट समान खरिद गरेमा प्रत्येक २ सय रुपैयाँ बराबर १ प्वाइन्ट कायम हुनेछ । यसरी कायम भएको प्वाईन्ट सञ्चित हुँदै जानेछ र ५ सय प्वाइण्ट पुगेपछि बैंकले सम्बन्धित ग्राहकको खातामा ५ सय रुपैयाँ नगद जम्मा गरिदिनेछ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले सञ्चालन गर्न लागेका यी दुवै योजनाहरुबाट क्रेडिट कार्ड प्रयोगकर्तालाई लाभ पुग्ने बैंकको विश्वास रहेको छ ।

Prabhu Bank

विशेष