अर्थ शेयर

प्राइम कमर्सियल बैंककाे हकप्रद शेयर

प्राइम कमर्सियल बैंककाे हकप्रद शेयर
prime-bankसाउन – ६ । प्राइम कमर्सियल बैंकले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिए लगतै ३ः१का दरले हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकको हाल चुक्तापुँजी तीन अर्ब ७० करोड रहेकोमा हकप्रद जारी गरेपछि यस्तो चुक्तापुँजी चार अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । बैंको आठौं साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिसकेकाले समयमै हकप्रद जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले २०७४ साल असार मसान्तसम्ममा बाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ बनाउनु पर्ने व्यवस्था गरे लगतै बैंक तथा वित्तीय सस्थाहरु अहिले धमाधम पुँजी बृद्धिको अभियानमा छन् । प्राइम बैंकले पुँजी बृद्धिका लागि विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड खरिद गर्न सझौता गरिसकेको छ ।

share bajar

विशेष