'चिल्ड्रेन एण्ड युथ फस्ट'लार्इ मेगा बैंकको सहयोग

बैंकको साताैँ वार्षिकोत्सवको अवासरमा मेगाले ‘चिल्ड्रेन एण्ड युथ फस्ट’ संस्थालाई ९० हजार रुपैयाँ सहयोग गरेका छ ।
वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा आर्थिक सहयोग गरिएको हो । ‘चिल्ड्रेन एण्ड युथ फस्टले आर्थिक अवस्था कमजोर भएर पढाइ छाड्न बाध्य बालबालिकालाई पढाउँदै आएको थियो ।
कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संस्थाका संस्थापक सदस्य हौसला थापालाई सहयोग रकम हस्तान्तरण गरे । मेगा बैंकले हरेक बर्ष बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई सहयोग गर्दै आएको छ ।
Mega Bank
