अपराध सुरक्षा स्वास्थ्य

लागुपदार्थ ओसारपसारकाे केन्द्र बन्दै दाङ

लागुपदार्थ ओसारपसारकाे केन्द्र बन्दै दाङ
Drugs साउन - ८ । पछिल्लो समय दाङमा लागुपदार्थ ओसारपसार एवं दुव्र्यसनीको संख्या बढ्दै गएको छ । बिहीबार बेलुकी मात्रै पनि प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । भारतको नानपाराबाट ५० पुरिया ब्राउनसुगर ल्याउँदै गर्दा वडा प्रहरी कार्यालय घोराही र राष्ट्रिय अनुसन्धानको विशेष टोलीले घोराही नगरपालिका–४ चौघेराका सुवास घर्तीमगर र सुशील घर्तीमगरलाई पक्राउ गरेको हो । कारोबारीले छिमेकी जिल्ला रुकुम, रोल्पा, सल्यान र बाग्लुङका केही स्थानमा उत्पादन हुने गाँजा, चरेस, भाङ दाङ हुँदै भारत पु-याउने गरेको प्रहरीले जनाएको छ । यस्तै भारतबाट सस्तो मूल्यका औषधिजन्य लागुपदार्थ ती जिल्लामा पठाउने गरेका छन् । दुवैतर्फको कारोबारका लागि दाङ ट्रान्जिटका रूपमा विकसित हुन थालेको प्रहरीको मूल्यांकन छ । नयाँ पत्रिकामा समाचार छ ।

drugs

विशेष