अर्थ

हप्ताभर नेप्से ५३ अंकले बढ्यो

हप्ताभर नेप्से ५३ अंकले बढ्यो

stock

साउन ८  । यस साता नेप्से इन्डेक्स ५३ अंंकले बढेको छ । सो अंकको वृद्धिसँगै इन्डेक्स १७ सय ९८ मा रहेको छ । १ सय ५१ कम्पनीहरुको कारोबार हुँदा ९ अर्ब ३ करोड रुपँैया बराबरका १ करोड ४६ लाख कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४९ प्रतिशत बढी हो । गत साता १ सय ५९ कम्पनीहरुको ६ अर्ब ४ करोड रुपैँया बराबरको सेयर कारोबार भएको थियो । साताभर वाणिज्य बैंक समूह ७० अंकले बढेको छ भने बिमा समूह ३ सय ७७ र उत्पादनमूलक समूह २०६ अंकले बढेको छ । त्यस्तै फाइनान्स र होटलमा १२–१२ अंकको वृद्धि भएको छ भने विकास बैंक समूह २८ अंकले उक्लिएको छ । अन्य र जलविद्युत समूहमा भने क्रमशः ३८ र १७ अंकको गिरावट आएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२.८० अंकले बढेर ३८७. ६५ अंकमा आईपुगेको छ । यस साता कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रह्यो । साताभर सो बैंकको ५६ करोड ५३ लाख रुपैयाँको कारोबार भयो । सिद्धार्थका अलवा माछापुच्छ्रे बैंक, नेपाल बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी र नेपाल बंगलादेश बैंक कारोबार रकमका आधारमा उत्कृष्ट पाँच कम्पनीमा पर्न सफल भए ।

nepse parisushakk stock exchangee

विशेष