२५ तोला सुन सहित एक पक्राउ

साउन - १० । नवलपरासी स्थित ईलाका प्रहरी कार्यालय नवलपुरले सवारी चेक जाँचको क्रममा २५ तोला १२ लाल सुन सहित एक जना ब्यक्तिलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी राजेश थापाका अनुसार काठमाण्डौबाट सन्धिखर्क तर्फ गुडिरहेको लु १ ख ६१४२ नम्बरको बसमा गएराति प्रहरी कार्यालय अगाडिको चेक पोष्टमा बस चेक गर्ने क्रममा बसको कन्डक्टर २२ बर्षीय सञ्जय क्षेत्री पक्राउ परेका हुन् । क्षेत्री अर्घाखाँची ठाडा–३ का हुन् । क्षेत्रीलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको डिएसपी थापाले जानकारी दिए ।
बरामद भएको सुन रु १४ लाख ७१ हजार बराबरको रहेको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख केशब उप्रेतीले बताए । कंलकीमा आएका यात्रुहरुले अर्घाखाँची पुर्याइदिने भन्दै सुन दिएको क्षेत्रीले बताएको प्रहरीले जनाएको छ । राजश्व अनुसन्धान कार्यालय वुटवलका अनुसार पक्राउ परेका ब्यक्तिलाई भन्सार ऐन अनुसार मुद्दा चल्ने छ ।
Nawalpur
pakrao
