
साउन – १० । उदयपुरको लाफा गाविसकी एक बालिका बलात्कृत भएका भएकी छन् । उनी बाँदरबाट मकै जोगाउन गएकी थिइन् ।
बालिकालाई स्थानीय ५२ वर्षीया डिकबहादुर पाठकले शुक्रबार बिहान ललाईफकाइ घर नजिकैको मकैबारीमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
बालिकालाई जबर्जस्ती करणी गरेको स्थानीय महिला स्वयंसेवीका विष्णु मल्लले थाहा पाएपछि पाठक भागेका थिए । फरार पाठकलाई शुक्रबार राति स्थानीयले कमल बहादुर बरालको घरमा चारैतिरबाट घेरा हाली पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
Udayapur