अपराध सुरक्षा

हत्या-काण्डका मुख्य अभियुक्त १५ वर्षपछि पक्राऊ

हत्या-काण्डका मुख्य अभियुक्त १५ वर्षपछि पक्राऊ
prisoner-jail साउन– १० । पन्ध्र वर्ष अगाडि भएको हत्याकाण्डका मूख्य अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको छ । २०५८ साल वैशाख १८ गते राति करिब नौ बजे भक्तपुरको रोजा रेष्टुरेन्टमा भएको ध्रुव गोपाल कर्माचार्यको हत्याकाण्डका मूख्य अभियुक्त दानबहादुर लामालाई सिआइबीले पक्राउ गरेको छ । राति रेष्टुरेन्टमा २० जनाको समूहले आक्रमण गरेर घाइते भएका महर्जनको उपचारको क्रममा मृत्यु भएको थियो । चक्कु, खुकुरी जस्ता धारिलो हतियारको प्रहारले महर्जनको हत्या गरेर फरार भएका थिए । मुख्य अभियुक्त दानबहादुर लामालाई भक्तपुर जिल्ला अदालतले २०६४ सालमा जन्मकैद सजायँ सुनाएको थियो । तर, लामा घटना पछि मलेसिया र भारतमा लुकिछिपी बस्दै आएका थिए । पछिल्लो समय काठमाडौंको बौद्धमा आफुलाई विवेक, सम्राट योञ्जन जस्ता नामको परिचय दिएर लुक्दै आएका थिए । साथसाथै नक्कली परिचयमा थान्का व्यवसाय संचालन गरिरहेका थिए । अन्ततः दानबहादुर लामो समयपछि सिआइबीको फन्दामा परेका छन् । उनको सजायको पुनः सुनुवाइको निमित्त सिआइबी मार्फत जिल्ला अदालत भक्तपुरमा लामालाइ बुझाइएको छ ।

Bhaktapur CIB Nepal Police pakrawo

विशेष