सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक पक्राउ
साउन – १० । प्रहरीले सिभिल बैंकको जाहेरीमा सिद्धार्थ विकास बैंकका बजार ब्यवस्थापक सहित अन्य ६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले कम मूल्यपर्ने जग्गाको किर्ते कागजपत्रका आधारमा कर्जा प्रवाह गरेको आरोपमा तत्कालिन पशुपति विकास बैंक, बनेपाका कार्यकारी अधिकृत बिनोद कार्कीलाई पक्राउ गरेको हो । उनी हाल सिद्धार्थ विकास बैंकका बजार ब्यावस्थापक रहेका छन् ।
सिआईबीका एसपी हृदय थापाका अनुसार चालिस हजारमा किनेको जग्गा बैंकिङ प्रयोजनका लागि किर्ते कागजका आधारमा २०६५ मा २० लाख ऋण लिएर दुरुपयोग गरेको अनुसन्धानमा देखिएको छ । उनका अनुसार पक्राउ पर्नेमा रामप्रसाद उप्रेती, रामकृष्ण राई, राजेन्द्र पाख्रिन, मधुसुदन खत्री, सुरेश सिलवाल र प्रतिक भडेल रहेका छन् ।
सिभिल बैंकमा गाभिएको पशुपति विकास बैंकको पुरानो कारोबारमा कैफियत भेटिएपछि बैंकले सीआईबीमा घटनाको अनुसन्धानका लागि जाहेरी दिएको थियो । सीआईबीका अनुसार पक्राउ परेका सिलवालले लेखाका कागजपत्र नक्कली बनाएको अनुसन्धानमा खुलेको छ।
समूहले सावधानी पूर्वक प्राय सरकारी कागजपत्र किर्ते गरेर ऋृण लिएको र थप केही बैंकमा समेत यस प्रकारको प्रकृती भएको हुनसक्ने एसपी दिवेश लोहनीले बताएका छन् ।
Sidhartha bank