अपराध सुरक्षा ताजा खबर

साइबार क्राइम के हो र यसबाट कसरी बच्ने

साइबार क्राइम के हो र यसबाट कसरी बच्ने

cy सबै भन्दा पहिला बच्चा अभिभावक ले आफ्नो बच्चाहरुलाई ग्याजेट दिनु भन्दा पहिला विचार पुर्याउनु पर्छ । सानै उमेरमा बच्चाहरुलाई ग्याजेट दिँदा पहिले नै त्यसमा ओपन हुने लिमिटेसन फिक्स गर्दा राम्रो हुन्छ तर नबुझ्ने बच्चाहरुलाई उसलाई चाहिनेभन्दा बढी फिचर सुविधा नदिदा नै ठिक हुन्छ ।

अलि ठुला र केही बुझ्ने भएका बच्चाहरुको अनलाइन एक्टिभिटिहरुमा ध्यान दिनुका साथै अभिभावकहरुले मनिटरीङ गरेको भान बच्चाहरुलाई गराउनु पर्छ । जसले गर्दा अनावश्यक साइट खोल्नबाट बच्चाहरु सजक हुन्छन । घरमा कम्प्यूटर तथा ल्यापटप सबैले देख्ने गरी राख्नु पर्छ । बच्चहरुलाई गोप्य ठाउँमा यस्ता उपकरण चलाउन दिनुहुदैन । अझ राम्रो त बच्चाहरुलाई सिटिङ हलमा चलाउन दिनु राम्रो हुन्छ ।

Cyber crime

विद्यालयहरुमा पनि अनलाइन को बारेमा चेतना मुलक कार्यक्रम राख्दा धेरै विद्यार्थीहरु साइबर क्राइम हुन बाट जोगिन मद्दत्त हुनेथियो । विशेष रुपमा सरकारले पनि यस विषयलाई पाठ्यक्रमका रुपमा राख्न सके राम्रो हुनेथियो । इन्टरनेटमा रमाउने बच्चाले आफ्नो दायरा भुलेर अनैतिक काम गर्नुहुदैन । अनावश्यक कुराहरुतिर ध्यान नदिने कन्फिडेन्स विकास गर्नुपर्छ ।

सामाजिक सञ्जाल चलाउने क्रममा सकभर नचिनेको व्यतिmसँग नबोल्नुनै साइबर क्राइमबाट जोगीनु हो । यस्ता सामाजिक सञ्जालबाट कसैले कुनै लोभ देखाएका खण्डमा आफ्नो अभिभावलाई जानकारी गरानु पर्छ र अभिभावकले पनि बच्चाहरुले आफ्नो भावना व्यतm गर्न सक्ने वाताबरण घरमा बनाउन आवश्यक छ ।

Cyber Crime

विशेष