अर्थ

सुन-चाँदीको मूल्य बढ्याे

सुन-चाँदीको मूल्य बढ्याे
Goldसाउन - ११ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मूल्य मंगलबार भने बढेको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले घटेर ५८ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार  चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १३ सय २१ दशमलब तीन दुई डलर तथा चाँदीको मुल्य १९ दशमलब छ आठ डलर कायम भएको छ ।  

gold price

विशेष