अर्थ शेयर

नेप्से २८ अङ्कले बढेर १ हजार ८६६ पुग्यो

नेप्से २८ अङ्कले बढेर १ हजार ८६६ पुग्यो
Shareसाउन - ११ । सेयर बजार मंगलबार पनि आकासिएर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार नेप्से परिसूचक २८ अंकले बढेर १ हजार ८६६ अंकमा पुगेको छ । सोमबार नेप्से परिसूचक ३९.६६ अंकले बढेर १ हजार ८३८ अंक पुगेको थियो । सेयर बजार आकासिएर दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । मंगलबार ११ हजार ७४३ कारोबार भएको छ । एकै दिन २ अर्ब ७५ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंक तथा वित्तीय संस्थाको सेयर बढेकाले समग्र नेप्से परिसूचक उकालो लागेको हो । नेप्से परिसूचक समग्रममा १.५२ प्रतिशतले बढेको छ । मंगलबार उत्पादनमूलक क्षेत्रको परिसूचक ६४.३८ अंकको भारी गिरावट आएको छ । बैकिङ समूहको सेयर बढेकाले समग्र परिसूचकमा उछाल आएको हो । बैकिङ परिसूचक २७.२४, होटल समूहको ७६, विकास बैंकको ७३.९, जलविद्युत्को ३०.१५, वित्त कम्पनीको २२.३२, र विमाको ३१.६ प्रतिशत बढेको छ । सोमबार जलविद्युत् समूहको परिसूचकमा गिरावट आएकोमा मंगलबार उत्पादनमुलक समूहको परिसूचकमा ६४.३८ अंकको भारी गिरावट आएको छ । वोनस सेयर र हकप्रद सेयर आउने आशामा लगानीकर्ताले सेयर बजारमा लगानी बढाउँदा उछाल आएको धितोपत्र बोर्डका प्रवत्ता नीरज गिरी बताउँछन् ।

share bajar share market

विशेष