ओटोमोबाइल

डाटसनको रेडी गो नेपाली बजारमा

डाटसनको रेडी गो नेपाली बजारमा

redi-go-660x330 साउन १२ । डाटसन गाडीका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले नेपालमा डाटसन रेडी गो कार भित्राएको छ । भारतमा सार्वजनिक भएको एक महिनामै पहिलो सहरी क्रस कार कम्पनीले नेपालमा भित्राएको हो । डाटसनको एक्सपोर्टका भाइस प्रेसिडेन्ट अतुल सहाने र कम्पनीका प्रबन्ध निर्देशक सन्दीप सारडाले संयुक्त रूपमा नेपालमा कार बिक्री सुरु भएको घोषणा गरेका हुन् । कम्पनीले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपभोक्ताका लागि डाटसनको नयाँ मोडल बिक्री सुरु गरेको छ ।

नेपाली बजारमा गाडीको मूल्य १३ लाख ९९ हजार मूल्य तोकिएको छ । पर्याप्त स्पेस, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, फ्युलमा मितव्ययिता र क्रसओभरमा जिप्पी ड्राइभिङको रोमाञ्चकता भरिएको रेडी गोले एन्ट्री लेभल कार सेग्मेन्टलाई नयाँ परिभाषा दिने कम्पनीले जनाएको छ । उत्कृष्ट क्षमता र स्टायलिस डिजाइनको गाडी विभिन्न पाँचवटा रंगका छन् । गाडी सेतो, सिल्भर, ग्रे, रुबी र लाइममा नेपाली बजारमा बिक्री गरिने कम्पनीले बताएको छ । गाडीमा युकान नामक नयाँ जापानी डिजाइन फिलोसोफी रहेकाले साहसी र बोल्ड संकेत दर्शाउने कम्पनीको दाबी छ ।

यसमा रहेको टल ब्याय स्टाइलिङले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स बढी स्पेस र ड्राइभरका लागि उत्तम भिजिबिलिटी दिन्छ । रेडी गोमा बृहत सेफ्टी प्याकेज डाटसन प्रो सेफ– ७ रहेको छ । यसले छोटो ब्रेक दूरी, बाटोलाई फराकिलो देखाउने, राम्रो भिजिबिलिटीजस्ता सेफ्टी फिचर छन् । कारमा सुपररियर सस्पेन्सन सिस्टम, उच्च बोलस्टर सपोर्ट, ड्राइभ एयरब्यागलगायत सुविधा छन् । रेडी गोले २५.१७ किलोमिटर माइलेज दिन्छ । यसले उत्कृट फ्युल मितव्ययिता प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको नयाँ ०.८ तीनवटा सिलिन्डर आइएसएटी इन्जिनसँगै पाँच स्पिड म्यानुअल ट्रान्समिसनले १५.९ सेकेन्डमा ० देखि १ सय किलोमिटर प्रतिघन्टा एक्सिलेरेट गर्न मद्दत पुग्नेछ । गाडीको १ सय ४० किलोमिटर प्रतिघन्टा उच्च स्पिड रहेको छ ।

Redy Go

विशेष