अर्थ बैंकिङ

१० अर्बको रिभर्स रिपोमा साढे २८ अर्बको आवेदन

१० अर्बको रिभर्स रिपोमा साढे २८ अर्बको आवेदन
rastra-bank-1000x0 साउन – १२ । नेपाल राष्ट्र बैंकले जारी गरेको १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोमा साढे २८ अर्ब रुपैयाँको आवेदन परेको छ । सात दिनको यो रिपो साउन १९ गते म्याचुअड हुनेछ । रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले मात्रै लगनी गर्न पाउनेछन् । रिपोमा सहभागी हुन बैंकहरुले दिउसो ३ बजेसम्म अनलाइन बिडिङ गरेका थिए । बैंकिङ प्रणालीमा रहेको लगानी योग्य पुँजीको पर्याप्त व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले रिपो जारी गरिएको कार्यकारी निर्देशक डा.मिनबहादुर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार हाल बैंकिङ प्रणालीमा ३५ अर्ब ८८ करोड रुपैयाँ अधिक तरलता छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो पटक रिपो जारी गरेको हो । यसअघि राष्ट्र बैंकले साउन ५ गते बुधबार १० अर्बको रिपो जारी गरेको थियो । तर, त्यसमा साढे ७ अर्ब रुपैयाँको मात्रै माग आवेदन परेको थियो । उक्त रिपोको भारित औषत व्याजदर ०.५५ प्रतिशत कायम भएको थियो ।गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक–पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

Nepal Rastra Bank

विशेष