अर्थ शेयर

नेप्से परिसूचक घटेर १ हजार ८७७ बिन्दुमा

नेप्से परिसूचक घटेर १ हजार ८७७ बिन्दुमा
loss साउन - १३ । धितोपत्र बजारमा बिहिबार नेप्से परिसूचक ३.५२ अङ्कले घटेर एक हजार ८७७ बिन्दुमा ओर्लिएको छ । तर कारोबार रकम भने घटेको छैन । नेपाल स्टक एक्चेन्जका अनुसार आज रु दुई अर्ब ३० करोड पाँच लाख १६ हजार बराबरको कारोबार भएको छ । कुल १४७ कम्पनीको एक करोड सात लाख सात हजार १४६ कित्ता सेयर कारोबार भएको छ । जलविद्युत् ०.३४, विकास बैंक ०.२४ वाणिज्य बैंक ०.१५, अन्य समूह ०.५२, उत्पादन २.१९, होटल समूहको सेयर कारोबारमा शून्य प्रतिशतले कमी आएको छ भने फाइनान्स ०.६६ र बिमा समूह ०.०४ प्रतिशतले बढेको स्टकले जनाएको छ । नेपाल बैंक लिमिटेडको रु २३ करोड ५० लाख, सिद्धार्थ बैंकको रु ११ करोड ५३ लाख, एनएमबी र नेपाल बैंक लिमिटेडको रु आठ-आठ करोडको सेयर कारोबार भएको छ । बोटलर्स नेपालको सेयरको मूल्य झन्डै १० प्रतिशतले कमी आएपछि उत्पादन समूहको सेयर नै ओरालो लाग्यो । देव विकास बैंक र ललितपुर फाइनान्सका लगानीकर्ताले आज नौ प्रतिशत बढीले नाफा कमाए ।

share bajar Share Bazar

विशेष