अपराध सुरक्षा

शिक्षिकाविरुद्ध विशेष अदालतमा मुद्दा

शिक्षिकाविरुद्ध विशेष अदालतमा मुद्दा
lawसाउन – १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहत कोटामा शिक्षक नियुक्त गर्दा अनियमितता गरेको भन्दै मुद्दा दर्ता गरेको छ । सम्बन्धित विद्यालय व्यवस्थापन समिति, बैतडी जिल्लाको भूमिराज प्राथमिक विद्यालयका प्रधानाध्यापक र नियुक्ति पाएकी शिक्षिकाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । बैतडीबाट राहत शिक्षक कोटामा शिक्षक छनौट समितीले २०६५ असार ४ गते एकल उमेदवार जस्मा नाथको परीक्षा लिएको थियो । तर उक्त परीक्षामा जस्मा नाथले १०० पूर्णाङ्कमा जम्मा २१ अंक मात्र प्राप्त गरी असफल भएकी थिइन् । उनी असफल भए पनि मिलेमतोमा परिणाम फेरबदल गरी जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको राहत शिक्षक कोटामा जस्मा नाथलाई नियुक्ति गराएको अख्तियारले जनाएको छ । सोही अनियमिततामा अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्यान नाथ, विद्यालयका प्रधानाध्यापक गोपाल नाथ र राहत कोटाकी शिक्षिका जस्मा नाथलाई कानून बमोजिम दण्ड सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको हो ।

Baitdhi Teacher

विशेष