यौन र मदिराबाट थाकेपछि कसरी बने प्रहरी अधिकृतका छोरा योगी
उग्र रिसाहा स्वभावको एउटा मानिस समयक्रमसँगै साधु–योगी बन्ला भन्ने अनुमान ‘एटलिस्ट’ यो ‘कलियुग’ मा धेरैले गर्न सकदैनन् । सांसारिक जीवनको उच्च अवसर आत्मसाथ गरिरहेको त्यो व्यत्ति ती सबै रमाइला चटक्क छोडेर वानप्रस्थ मानिने जोगी भेषमा पुग्नु आफैंमा आश्चर्यको कुरा हो । चलन चल्ती को भाषामा भन्नु पर्दा ‘ग्यांस्टर’ देखि सुन्दरीहरुको रंगरंगीला लाइफस्टाइलमा रमाउदै गरेका प्रवञ्जन बहादुर सिंह अचानक योगी व्यग्र वेदनाथमा परिवर्तन हुदाँ सम्मको कहानी अचम्म कै छ ।
पशुपनिाथ परिसरको मृगस्थलस्थित गोरखनाथ गोरक्षपीठ प्रवेश गर्दा शरीरमा अचम्मको ऊर्जा प्रवेश भएपछि उनले आफ्नो घरबार र आफूले विताएको रमाइलो जीवन शैली त्यागेर त्यही बस्ने निर्णय गरे । उनको जोगी जीवनको टर्निङ प्वाइन्ट गोरखनाथ गोरक्षपीठ बन्यो । योगी नरहरिनाथका उत्तराधिकारी योगी शेषनाथबाट दिक्षा लिएपछि उनी पूर्ण रुपमा साधु महाराज भएका छन । रामायणमा उल्लेखित कथाअनुसार रत्नाकर डांकुका रुपमा आतंक मच्चाएका व्यतिm नै समयक्रममा वाल्मीकि भएका थिए। प्रवञ्जन रत्नाकर डाँकुकै परिचयको निरनतरता त होइनन् तर उनी आफ्ना चाहाना र लक्ष्य पुरा गर्न कुनै कसर बाँकी नराख्ने जिद्दी स्वभावका युवा थिए ।
छिटो रिसाउने सिंह अरुलाई हानी पुग्ने वा पछि सोच्न बाध्य हुनु पर्ने क्रियाकलाप गर्न पनि पछि पर्दैनथे । अहिले उनीमा त्यो बेलाको आक्रामक रिसाहा स्वभाव अचम्मले हराएको छ । भोगका हिसाबले आपूmले जति सायदै अरुले जविन जिएको सिंह को तर्क छ । प्रवञ्जन स्कुले जीवन देखिनै मनमौजी स्वभावका थिए । विद्यालय बंक देखि विभिन्न किसिमका चकचकी गरेका सिंहले साथीको नेटर्वक बलियो बनाएका थिए । विश्वचर्चित ‘लेमोजिन’ गाडीमा यात्रा गरेको, हङकङ, सिंगापरु, थाइल्यान्ड आदिमा विभिन्न मुलुकका बारेमा युवतीहरुका साथ रमाइलो, विश्वका ख्यातिप्रान्त ब्रान्डका रक्सी सेवन गरेको, धनाढ्य व्यतिहरु संग संगत गरेको जीवन भन्दा योगी व्यग्रनाथको जीवन नै धेरै सार्थक रहेको कुरा उनले बताए । तिब्बतियन एक युवतीलाई आफ्नो अर्धाङ्गिनीका रुपमा स्विकारेका सिंह ति सबै कुरा देखि अघाइ सकेको र समयले आध्यात्म तिर बोलाएको, अहिले आनन्द छ , सानो परिधिबाट आफ्नो संसार बदल्ने कोसिस गरिरेको छु ।
योगी भन्छन आज पनि धेरै युवा हरु आफूलाई गोरक्षपीठमा सक्रिय रहेको र सानो परिधिको परिवार भन्दायो बृहत परिवारमा आफूलाई सहज महसुुस गरेका छन् । समय अनुसार हिन्दु धर्मका केही ‘रिजिड’ कुरामा परिवर्तन आवश्यक मान्ने सिंह यो देशमा उपलबध महत्वपूर्ण सम्पत्तिको सुरक्षा गर्न आफ्नो अभियान केन्द्रित हुने बताउँछन् । हिंसा होइन शान्ति प्रयोग गरेर आफू अघि बढ्ने सिंहले बताए । योगी भएपछि टीका लगाइदिए बापत प्राप्त हुने दक्षिणा पाँउदा र त्यसअनुरुप दैनिक जीवन व्यवस्थापन गर्न पाँउदा आनन्द महसुस भैरहेको छ ।
उनको परिवारले पनि यो निर्णयलाई सही मानिदिएकाले अब आफू स्वतन्त्र रहेर गुरुले प्रदान गरेको बाटोमा जान पाएको सिंहले बताए । योगीले भने सबै कुरा त्यति सजिलो त थिएन् तर श्रीमती,आमा,बुबा र भाईले मेरो भावना बुझिदिए । मैले उहाहरुलाई त्यागेको होइन, सबैलाइ जोड्न यो वैदिक थलोलाई आफ्नो घर बनाएको हुँ । हिँड्ने बेलामा छोरीले मैले यी सबै कुरा बुझेकी छैन, १० वर्षपछि बुझाइदिनु है भनेकी छ ।’ प्रवञ्जनले भने –‘गुरुले आफ्नो शिष्य बनाएपछि अब आफूलाइ परिवर्तन गर्ने बाटोमा अग्रसर भएको छु, अहिले नै म योगी महन्थ भैसकें भन्दिनँ, म अब यो बाटोमा प्रतिबद्ध भएको छु, समयले मलाई धेरै कुरा सिकाउनेछ ।’ साप्ताहिकबाट
Prajanbahadur singh Singh