अपराध सुरक्षा

बलात्कारका आरोपित ५५ हजार धरौटीमा छुटे

बलात्कारका आरोपित ५५ हजार धरौटीमा छुटे
Prison+jail+cell+open+doorसाउन - १४ । किशोरीलाई बलात्कार आरोपमा पक्राउ परेका खोटाङको चिसापानी–१ का ६० वर्षीय गोपालकुमार कट्वाल धरौटीमा छुटेका छन् । १७ वर्षीय किशोरीलाई जेठ–२५ गते जबरजस्ती गरेको आरोपमा पक्राउ परेका कट्वाल जिल्ला अदालतको आदेशमा ५५ हजार जरिवाना बुझाएर धरौटीमा शुक्रवार छुटेका हुन् । बलात्कार मुद्दालाई गाउँमै मिलाउन र ढाकछोपको प्रयास भएका कारण लामो समयपछि मात्र कट्वाल पक्राउ परेका थिए । गत असार–२२ गते बुधबार ईलाका प्रहरी कार्यालय चिसापानीले पक्राउ गरेका कट्वालबिरुद्ध असार–२४ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी बिरुद्धको मुद्धा दर्ता गरिएको थियो । यस्तै, बालिका बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका दोर्पाचिउरीडाँडा–२ का ३५ वर्षीय झनक श्रेष्ठ पूर्पक्षका लागि कारागार चलान भएका छन् । असार–२० गते १३ वर्षीय बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका श्रेष्ठ जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि कारागार चलान भएका हुन् । अदालतले तोकेको ३५ हजार धरौटी बुझाउन नसक्दा श्रेष्ठ पूर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक मनोज यादबले बताए।

khotang

विशेष