अपराध सुरक्षा

अधिकारकर्मीलाई ज्यान मार्ने धम्की

अधिकारकर्मीलाई ज्यान मार्ने धम्की
dhamki साउन - १५  । महिला मानवअधिकारकर्मी देवकुमारी रामलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका रामआशिष महराविरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको छ । अधिकारकर्मी रामलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका सिरहाको अर्नामा–१ निवासी ४३ वर्षीय महरामाथि सिरहा प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको हो । अधिकारकर्मी रामको उजुरीको आधारमा महरालाई बिहीबार पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । अर्नमाकी १२ वर्षीय बालिकासँग महराले असार ३० गते दोस्रो विवाह गर्न लाग्दा आफूले बाल विवाह गर्न रोकेका कारण महराले ज्यान मार्ने धम्की दिएको अधिकारकर्मी देवकुमारीले बताए । रासस

Dhamki human rights

विशेष