अर्थ

आठ करोडको अलैँची गाउँमै थन्कियो

आठ करोडको अलैँची गाउँमै थन्कियो
असार - १९ । अलैँचीको मूल्यमा कमी आएपछि सोलुखुम्बु, गुदेलका अलैँची व्यापारीलाई सास्ती भएको छ । maxresdefault चर्को ब्याजदरमा ऋण लिएर गाउँमा सङ्कलन गरेको अलैँचीको मूल्यमा कमी आएपछि अलैँची व्यापारीलाई समस्या भएको हो । मूल्य बढ्ने आशामा गाउँमा किसानले उत्पादन गरेको अलैँची प्रतिमन ९४० किलो० रु ८८ हजारमा किनेका व्यापारी अहिले उचित मूल्य नपाउँदा गाउँमै थन्क्याएर बसेका छन् । उचित मूल्य पर्खेर बसेका व्यापारी नौ महिनादेखि अलैँची थन्क्याएर बसेका छन् । उनीहरुले अलैँचीमा रु एक करोडभन्दा बढी लगानी गरेका छन् । गत वर्षको असोज–कात्तिकमा गाविसभर सङ्कलन गरेको अलैँची उचित मूल्य नपाएपछि घरमै थन्क्याएको गुदेल–२ तुमाउका जयकुवीर राईले बताउँछन् । “चर्को ब्याजले डुब्ने अवस्था भइसक्दा पनि अलैँचीको मूल्य बढेको छ्रैन,” उनले भने । गुदेलका व्यापारी जङ्गीराम राईसँग एक करोड ७६ लाख बराबरको २०० मन, गुदेल–४ का व्यापारी नारद कुलुङसँग एक करोड ३२ लाख बराबरको १५० मन, जयकुवीर राईसँग एक करोड ९३ लाख छ हजार बराबरको २२० मन अलैँची घरमै थन्किएको छ ।  त्यस्तै गुदेलकै व्यापारी जङ्गेबहादुर राईसँग रु एक करोड ७६ लाख बराबरको २०० मन, जगत राईसँग रु २२ लाख बराबरको २५ मन र गुदेल–३ लुच्चामका खड्गबहादुर राईसँग रु १७ लाख ६० हजार बराबरको २० मन अलैँची बिक्री हुन सकेको छैन । उक्त गाविसभरि सात करोड ७७ लाख बराबरको अलैँची उचित मूल्य नपाउँदा बिक्री हुन नसकेको बताइएको छ ।

alaichi

विशेष