अर्थ

सुन-चाँदीको मूल्य आज सामान्य

सुन-चाँदीको मूल्य आज सामान्य
Goldअसार - २० । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य आज सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला सय रुपैयाँले बढेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यसतै, तेजावी सुन पनि प्रतितोला सय रुपैयाँले बढेर ५८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १० रुपैयाँले बढेर ९ सय रुपैयाँमा कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १३ सय ४९ दशमलब चार पाँच डलर तथा चाँदीको मुल्य २० दशमलब चार एक डलर कायम भएको छ ।

gold price

विशेष