साहित्य आज

महान परिवर्तन

महान परिवर्तन
नरेश गिरी naresh giri अँध्यारो चिर्दै, अाँसु बिजय हुन्छ अंशुमानमा बिजय महोत्सवको आभा देखा पर्छ र कुखुरा युद्ध समाप्तीको घोषणा गर्छन जसको फल स्वरुप “प्रभात“ हुन्छ प्रक्रितिको माहान परिवर्तन ९१० १ यहाँ कोही घाइते हुँदैन, दुखी हुन्छन, केवल अलसीहरु बिलास भोग अपुरो भन्न वान्छना लाउँछन तर कर्म गर्ने हातहरु परिवर्तन अँगाल्छन सर्ब्प्रिय ठहरिन्छ यो परिवर्तन । त्यस्तै , अँशुमान बिजय महोत्शबमा हराउँदै जाँदा , अँध्यारोले लखेट्न थाल्छ र विलय हुन्छ गगनमा जुन तारा देखा पर्लान, नपर्लान अंशुमान जरुर लखेटिन्छ र सँन्ध्या हुन्छ प्रक्रितिको अर्को माहान परिवर्तन ९२० १ । यहाँ पनि कसैको दम्भ देखिदैन दुखी फेरी तिनै आलसीहरु , कर्म अपुरो रहेको पिडामा पिरोलिन्छन कर्मयोगीहरु बिश्रामको श्य्यामा लेट्छन । शिरोपर ठहराई परिवर्तन ११ यी भन्दा अरु माहान परिवर्तन, कसको ? कहिले ? कहाँ ? कुनै ? होला र ? न कलम र बिचारको परिवर्तन न अर्थ र राज नितिको परिवर्तन न बन्दुक र सन्दुक“को परिवर्तन न कर्मयोगी र आलसीको परिवर्तन नत अरु कुनै परिवर्तन तुलनीय छ प्रक्रितिका दुई माहान परिवर्तन सँग । यिनै परिवर्तन अङालेर अस्तित्तवा मा छन र्माक्सको, लेनिनको, माओको, अरु क्रान्तीका, योद्धाको परिवर्तन । प्रक्रितीका दुई माहान परिवर्तन, जीवनको परिभाषा हुन समाजको परिभाषा हुन बर्गको परिभाषा हुन बिचारको परिभाषा हुन । दार्चुला हाल काठमाडाैँ

विशेष