अर्थ ताजा खबर रोजगार व्यापार

सीमावर्ती सहरमा मदिराप्रेमी पाहुना

सीमावर्ती सहरमा मदिराप्रेमी पाहुना

Byapar साउन १७ । कोेसी ब्यारेजको पूर्व–दक्षिण नहर डिलछेउमा लहरै होटल । साहुजीहरु कोसीका ताजा माछालाई आकर्षक परिकारमा ढालेर गा्रहक डाकिरहेका हुन्थे । जति कोसिस गरे पनि उनीहरुले कुनै दिन थाकुन्जेल ब्यापार गर्न पाएनन् । कामदार अधिकांश समय फुर्सदिला रहन्थे । दैनिक मुस्किलले आठ–दस ग्राहक पस्थे । आम्दानीको दायरा साघुँरो थियो । अहिले तिनै साहुजीलाई पट्यारलाग्दो विगत सम्झने फुर्सदसम्म छैन । सबैका मुहार उज्यालिएका फ्रेस राख्न समय माछाका परीकार उनीहरुलाई अहिले माग थेग्नै हाम्मे छ ।

माछाले नपुगेर कुखुरा र खसीको खपत हवात्तै बढेको छ । हरेक होटल उत्तिकै खचाखच छन् । अनि यो चटारो सिमित घण्टा होइन, बिहानदेखि साझसम्मै उत्तिकै रहन्छ । होटल पस्ने अधिकांश ग्राहकको ‘अर्डर’ मदिरा हुन्छ । ती पनि नेपाली कम, भारत बिहारका रैथाने धेरै हुुन्छन् । बिहान राज्य सरकारले मदिरा प्रतिबन्ध लगाएपछि उनीहरु ‘तिर्खा’मेट्ने नेपाली बजार धाउन थालेका हुन् । ‘पहिले दिनभरमा माछा खान १० जना ग्राहक आउँथे’, होटल व्यवसायी सर्जुन मण्डलले भने,‘अहिले ग्राहकको भिड बढेको छ, सबैलाई माछा पुर्याउन सकिँदनै, कुखुरा र खसीको मासु पनि पकाउन थालेको छु ।’ पछिल्ला दिन सीमापारिका गाँउबाट रक्सी र मासुको स्वाद लिन आउनेहरु हवात्तै बढेकोले उनले जानकारी दिए ।

त्यहाँमात्र होइन, बिहार सँग सीमाना जोडिएका विराटनगर, राजविराज, जनकपुर, जलेश्व, गे।लगाएत सहरका रेस्टुराँ र होटेल पनि उत्तिकै भरीभराउ छन् । सीमापारीबाट हरेक दिन मदिरा पारखीका मोटरसाइकल तथा गाडीको ताँती नै लाग्न गरेको धनुषा, जटहका नवीन साहले बताए । ‘मदिरा पिउनेसँग माछा, मासु, चुरोट र गुट्खाको बजारसमेत बढेको छ ,’ उनले भने । नागरिक दैनिक

Byapar Trade

विशेष