रतन सांघाइलाई थुनामा राख्न चार दिनको म्याद
साउन १७ । व्यवसायी घराना संघाई समूह औषधि उत्पादनका लागि आवश्यक कच्चा पर्दाथको अवैध तस्करीमा संलग्न रहेको प्रमाण फेला परेको छ । प्रहरीले प्रमाणसहित उत सहूहका प्रमुख रतनलाल संघाईलाई शनिबार काठमाडौंबाट पक्रेको हो । समुहले सरकारी प्रक्रिया पूरा गरेर विभिन्न मुलुकबाट ल्याउने कच्चा पदार्थ भारत हुँदै चीन र बर्मा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले बुधबारदेखि लगातार काठमाडौ, पाटन, बारा, पर्सा र रैटहटमां छापा मारी लागुऔषधको कच्चा पदार्थ इफिड्रिन र स्युडोफेड्रिनसहित चारजनालाई पक्रउ गरेको छ , कारोबारमा संलग्न भनिएका चार जना फरार छन् । लागुऔषध नियन्त्रण ब्युराको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको संघाई प्लास्टिक इन्डिष्ट्रिज प्रालिको गोदाममा एकै प्रकारका ९ सय ५२ डब्बामा लुकाइराखेको अवस्थामा लागुऔषध बनाउन प्रयोग यो हुने कच्चा पदार्थ बारदाम गरेको हो । ब्युरोले बुधबारदेखि थालेको कारबाहिमा मुख्य आरोपी पवनकुमार संघाईलाई उम्कन ठुलै चलखेल भएको आरोप लागेको छ ।
Ratan Sanganiya