अपराध सुरक्षा

एपीएफ टोलीद्वारा पेस्तोलसहित ४ पक्राउ

एपीएफ टोलीद्वारा पेस्तोलसहित ४ पक्राउ
jail 1साउन - १७ । रौतहट जिल्लाको सरमजुवा ८ बंकुल बजारबाट साउन १६ गते एपीएफ टोलीले दुई वटा पेस्तोल र एउटा म्याग्जिनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको रामपुरखाप ९ बस्ने कमलेशप्रसाद पटेल, राकेश पटेल तथा रामपुरखाप ८ बस्ने राकेश कुमार सिंह र सर्विन्द्र पटेल रहेका छन् । मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैया बारा र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सरमजुवा रौतहटबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो । एपीएफ टोलीले सो ठाउँमा जाँच गर्ने क्रममा निजहरुको साथबाट ९ मिमि ब्राउनिङ्ग पस्तोल १ थान र सो को म्याग्जिन एक वटा तथा एउटा सिक्सर पेस्तोल फेला पारेपछि उनीहरुलाई पक्राउ एपीफले जनाएकाे छ । उनीहरुकाे साथबाट दुई वटा मोवाइल सेट समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएकाे एपीफले जनाएकाे छ ।

APF Jail Rautahat

विशेष