पर्यटन

वाइल्ड वेस्टका ७ पर्यटकीय गन्तव्य सार्वजनिक

वाइल्ड वेस्टका ७ पर्यटकीय गन्तव्य सार्वजनिक

Wild

साउन १८ । पर्यटन बोर्डसंग सहकार्य गर्दै सुदूर र मध्यपश्चिमका व्यवसायीहरू आबद्ध टुरिजम डेभलपमेन्ट सोसाइटी (टीडीएस) ले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा अन्वेषण नगरिएका त्यहांका ७ वटा गन्तव्य सोमबार सार्वजनिक गरेको छ ।

बोर्डको मुख्यालय भृकुटीमण्डमा राजधानीमा रहेका टुर अपरेटर, पर्यटन व्यवसायी, अभियान्ता र सञ्चारकर्मीहरूमाझ टीडीएसका अध्यक्ष कृष्णबहादुर महराले काठमाडौंदेखि हवाई तथा सडकमार्गबाट ती गन्तव्यमा सजिलै पुग्न सकिने बताए । व्यवसायीहरूले परीक्षण गरेर सार्वजनिक गरेका गन्तव्यमा १६ दिने फारवेस्ट हेरिटेज पदमार्ग, १३ दिनमा भ्रमण गर्न सकिने अपी हिमालको आधार शिविर सम्मको पदायात्रा, रामारोसन सिमसार क्षेत्रको ६ दिने प्याकेज, खप्तडको आठदिने टुर प्याकेज, खप्तडदेखि मुगुको रारासम्मको ग्रेट हिमालयन ट्ेरल छन् ।

अध्यक्ष महराले धनगढी विमानस्थलबाट नजिकै पर्ने बर्दिया र शुक्लाफांटाको टुर प्याकेज पनि कार्यक्रममा सार्वजनिक गरे । यी सबैलाई वाइल्ड बेस्ट नामकरण गरिएको छ ।

Paryatn

विशेष