अर्थ

सेवा शूल्कबाट पौने ४ करोड

सेवा शूल्कबाट पौने ४ करोड
Money साउन - १८ - मुस्ताङ ।  गत आवमा विभिन्न किसिमका सेवा शुल्कबाट रु तीन करोड ८२ लाख राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो आवमा रु तीन करोड ३४ लाख सङ्कलन भएको थियो । कोलेनिकाका लेखापाल दीपक शाहका अनुसार कृषिजन्य, पर्यटन, पर्वतारोहण, राहदानी, सामाजिक सुरक्षा, पारिश्रमिकबापत सो राजस्व सङ्कलन भएको हो । यस्तै राहदानीबाट रु १३ लाख, पदयात्रा र पर्वतारोहणबाट रु सात लाख, कृषि उत्पादनबाट रु ५९ लाख, सरकारी सम्पत्ति प्रयोगबापत रु १७ लाख तथा सवारी चालक अनुमति र दस्तुरबाट रु ५९ लाख राजस्व सङ्कलन भएको हो । यसैगरी कम्पनी रजिस्ट्रेसनबाट रु १४ लाख, भन्सार महसुलबाट रु १२ लाख, पारिश्रमिक करबाट रु ५४ लाख, व्यक्तिगत फर्मबाट रु ५४ लाख ५९ हजार र मदिराबाट रु ७३ लाख राजस्व सङ्कलन भएको कोलेनिकाले जनाएको छ । रासस

Mustang Sewasulka

विशेष