यौन-शिक्षा

किन बढी उमेरका महिलामा यौन इच्छा घट्दै जान्छ ?

किन बढी उमेरका महिलामा यौन इच्छा घट्दै जान्छ ?
Stress_sex_670_1395663525सुन्ने गरिन्छ, बढी उमेरका महिलामा यौन इच्छा हुँदैन । महिनावारी सुकेका महिलामा यौन इच्छा नै रहँदैन भने महिनावारी सुक्ने उमेर समूहका महिलामा पनि यौन चाहना हराउँछ । क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ताहरूले गरेको एक अध्ययनले बढी उमेरका महिलामा यौन इच्छा नहुने अरु पनि कारण रहेको देखाएको छ । अध्ययन महिनावारी सुकिसकेका या सुक्ने उमेरमा रहेका तीन सय ७६ महिलामा गरिएको थियो । बढी उमेरका महिलामा यौन इच्छा कम हुनु स्वाभाविक हो, किनभने मेटाबोलिन सिन्ड्रोममा निकै परिवर्तन आएको हुन्छ । अध्ययनका क्रममा महिलाको हृदयसम्बन्धी विभिन्न गतिविधिको प्रभाव पनि यौन स्वास्थ्यमा पर्ने देखिएको थियो । हर्टअट्याक, कोरोनरी आर्टरी र एनजाइनजस्ता कुराले यौन जीवनमा असर पार्छ कि पार्दैन भन्ने पत्ता लगाउन थप अनुसन्धान आवश्यक रहने निष्कर्ष निकालिएको छ । अध्ययनको निष्कर्षबारे युनिभर्सिटीकी डा. सुसान ट्रम्पटरले भनेकी छिन् महिनावारी सुकेपछि महिलाको शरीरमा यौन इच्छा पैदा गर्ने हर्मोनमा परिवर्तन आउँछ । यो अवस्थामा एस्ट्रोजिन र प्रवजेस्टेरोन हर्मोन उत्पादन बन्द हुन्छ । बढी उमेरका अधिकांश महिलाको कम्मरको आकार बढ्नु, मधुमेहग्रसित हुनु र हाइपरटेन्सनमा रहनु पनि यौनक्रियामा संलग्न हुन झन्झट मान्ने कारण हुन् । महिलामा मेटाबोलिक सिन्ड्रोममा परिवर्तन आउनुमा कोरोनरी आर्टरी बढी सम्बन्धित हुनसक्छ । मुटुसम्बन्धी रोगले महिलाको यौन स्वास्थ्यमा नकारात्मक प्रभाव पारेर यौन रुचि घटाइदिन सक्छ । बढी उमेरका तथा महिनावारी सुकेका महिलाको योनी सुक्खा हुने र पोल्ने भएकाले पनि यौन इच्छा कम भएर जान्छ । सुक्खा योनीमा सम्पर्क गर्दा दुखाइ हुने भएकाले पनि उनीहरू संलग्न हुन इच्छा राख्दैनन् । शरीरका तन्तु तन्काउन भूमिका खेल्ने एस्ट्रोजिन हर्मोन उत्पादन नै रोकिएपछि यस्तो समस्या निम्तिन्छ । एजेन्सी

sex problem sex problem and solution

विशेष