अपराध सुरक्षा अर्थ

पूर्व विशिष्टलाई दुव्यवहार गरेको भन्दै चालकलाई कारबाही

पूर्व विशिष्टलाई दुव्यवहार गरेको भन्दै चालकलाई कारबाही

traffic

साउन १९ र पूर्वमूख्य सचिव लीलामणि पौडेल र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) कुबेरसिंह रानाले सार्वजनिक यातायातका चालकविरुद्ध महानगरीय ट्राफिक प्रहरी महाशाखामा उजुरी दिएका छन् । पूर्वमूख्य सचिव पौडेल ट्याक्सीबाट ठगिएको तथा पूर्वमहानिरीक्षक रानाले दुव्र्यहार भएको आरोपमा महाशाखामा उजुरी दिएका हुन् । उनीहरुको उजुरीपछि महाशाखाले सवारी साधानसहित चालकलाई कारबाहीको दायरामा ल्याएको छ ।

रानालाई दुव्र्यवहार गरेको आरेपमा बा २ ख ५०११ नक्बरका बसका चालक जीवन बुढाथोकीलाई तिलगंगाबाट नियन्त्रणमा लिएको हो । उनलाई उक्त स्थानमा रानालाई दुव्र्यबहार गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । अस्पतालको सडकबाट निस्कने क्रममा तीव्र गतिमा रहेका यात्रु बससँग अकस्मात भेट भयो । घटनापछि रानाले भने गति सीमित र लेख लेन अनुशासन पालना गरेर बस चलाउनुर्पयो भन्या चालकले जथाभावी बोलेर बसलाई सडकमा तेर्साए ।

त्यसपछि रानाले तत्काल टेलिफोनमार्फत महाशाखामा उजुरी दिएका हुन् । त्यस्तै केही साताअघि पूर्वमुख्यसचिव पौडेलले अनामनगर, हुनमास्थानमा रोकेर राखेको ट्याक्सी चालकलाई आफ्नो गन्तव्य उल्लेख गर्दै जान आग्रह गरे । तर, जान चालकले आनाकानी गरे । उनले मिटरमा नजाने भनेपछि केहिबेर भनाभन भयो । त्यसपछि पौडेलले एसएमसबाट उजुरी गरे । त्यसको केही बेरमै ट्याक्सी चालक ट्राफिक प्रहरीको फन्दामा परेका हुन् । कारोबार दैनिक

Trafic Police

विशेष