कतारमा छोटा लुगा लगाए ६ महिना जेल बस्नु पर्ने
साउन १९ । कतारले ‘अभद्र’ किसिमले कपडा नलगाउन आफ्नो देशमा आउने विदेशी नागरिकसँग आग्रह गरेको छ । भ्रमण र बसोबासको लागी आउनेहरुलाई लक्षित गर्दै कतारको गृह मन्त्रालयले जानकारीका लागि प्रकाशन गरिएको गाइडमा उनीहरुले निश्चित नैतिकता र सामाजिक मर्यादा पालन गर्नु पर्ने बताएको छ ।
आप्रवासीहरुलाई भद्र लुगा लगाउन साथै महिलाले कसिलो, छोटो, पारदर्शी, मिनिस्कर्ट र बाहुला नभएको लुगा नलगाउन तथा समुन्द्री किनार र स्वीमिङ पुलबाहेक अरु ठाँउमा स्वीमिङ कस्ट्युम लाएर हिँडन नपाइने पनि उल्लेख गरिएको छ । अभद्र तरिकाले सार्वजनिक ठाँउमा कुमदेखि घुँडासम्म नछोपिएको कपडा लगाउँदा ६ महिनाको जेल सजाय वा तीन हजार कतारी रियाल वा दुबै जरिवाना हुने जनाइएको छ ।
Costumes