अर्थ

सुनको भाउ आकासियो

सुनको भाउ आकासियो

Gold साउन १९ । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बुधबार बढेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य बढेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बजारमा चांदीको भाउ पनि बढेको छ । आज बुधबार चांदी प्रतितोला १० रुपैयाँले बढेको छ । बजारमा चांदी प्रतितोला ९ सय १० रुपैयाँमा कारोवार भइरहेको छ ।

gold price

विशेष