
साउन - १९ । गत शनिबारदेखि घरबाट हराएकी बझाङ दहबगर २ की गोमादेवी बोहरा बुधबार मृत भेटिएकी छिन् ।
२८ वर्षकी गोमादेवी हराएको भन्दै खोजी भएको र मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । शनिबार घरबाटै हराएकी गोमादेवी बुधबार संघार खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।
अहिले घटनास्थलमा प्रहरीको टोली खटिएर अनुसन्धान गरिरहेको छ । घटनाको थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Bajhang
Death
Woman Death